IME Life New

शिखर इन्स्योरेन्सको खुद ब्यापार साढे १६% ले बढ्यो, इपीएस कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक सामान्य बृद्धि भएको छ ।

२ अर्ब ९२ करोड रपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विशेष जगेडामा १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ।
कम्पनीले तेस्रो त्रैमाससम्म ३५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३५ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा सामान्य बढेको हो ।

Crest

तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्य बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २० करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क १६.५६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्ममा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ५२ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ४९ करोड खर्चिएको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो ३ दशलमव ६७ प्रतिशत रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ २९ पैसा रहेको छ। पीई रेसियो ४६.८१ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १९५.८१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS