IME Life New

सान्भी इनर्जीको शेयर आइतबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सान्भी इनर्जीको शेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।

सान्भी इनर्जीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। भोलि शुक्रबार शेयर कारोबार नहुने र पर्सि शनिबार बिदा परेकोले यो कम्पनीको शेयर आइतबारबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

नेप्सेमा सान्भी इनर्जीको कुल ८८ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ५० लाख १० हजार कित्ता (५६.९३ प्रतिशत) र सर्वसाधारणको ३७ लाख ९० हजार कित्ता (४३.०७ प्रतिशत) शेयर रहेको छ।

नेप्सेले सान्भी इनर्जीलाई ‘एसएएनभीआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १२०.७४ रुपैयाँदेखि अधिकतममा ३६२.२२ रुपैयाँ तोकेको छ। यदि आइतबार स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र यो कम्पनीको शेयर कारोबारमा आएमा नियमित सत्रका लागि कारोबार खुल्नेछ।

सान्भी इनर्जीले गत जेठ ९ गतेदेखि जेठ ११ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। आइपीओ बाँडफाँट भने धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टको कार्यालयमा जेठ २६ गते भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS