IME Life New

दरमखोला हाइड्रोको शेयर भोलिबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको शेयर भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ।

दरमखोला हाइड्रोको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा कुनै पनि कम्पनीको साधारणसभा शेयर सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। त्यसैले यो कम्पनीको शेयर पनि भोलिबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

नेप्सेमा दरमखोला हाइड्रोको कुल १ करोड ३ लाख ५ हजार कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ६३ लाख ५५ हजार कित्ता (६१.६७ प्रतिशत) र सर्वसाधारणको ३९ लाख ५० हजार कित्ता (३८.३३ प्रतिशत) रहेको छ।

नेप्से दरमखोला हाइड्रोलाई ‘डीएचईएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने कम्पनीले न्यूनतम प्रतिकित्ता १४२.८१ रुपैयाँदेखि अधिकतममा ४२८.४३ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ। अब भोलि स्पेसल प्रिओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

यो कम्पनीले गत साउन १५ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री गरेको थियो। आइपीओ बाँडफाँट भने धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा साउन २९ गते गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS