IME Life New

यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा शाह, नयाँ नेतृत्वसँगै उत्कृष्टताको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपालको खाद्य बजारकै अग्रणाी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगटेको, यशोदा फूड्स प्रा.लिले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको छ ।

सोल्टीमोड स्थित हायात सेन्ट्रिक शुक्रबार एक भव्य समारोहको आयोजना गर्दै यशोदा फूड्सले शाहको अागमनको घोषणा गरेको थियो । कार्यक्रममा यशोदा फूड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले खादा र फूलको गुच्छा सहित जीपी शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मान गर्दै स्वागत गरे ।

Esewa
Crest

शाह यसअघि भारतको कोलकात्तामा मुख्यालय भएको दैनिक उपभोग्य वस्तु उत्पादक कम्पनी आनन्द स्वादिष्टको प्रबन्ध निर्देशक रहेका थिए। बारा जिल्ला स्थायी ठेगाना भएका शाहले आनन्द स्वादिष्टमा काम शुरू गर्नु अघि चाैधरी समूहको भारतस्थित कार्यालयमा रहेर वाइवाइ चाउचाउको विश्व बजारको नेतृत्व सम्हाल्दै आएका थिए ।

अन्तर्राष्ट्रिय बजारमा वार्षिक कारोबार १ अर्ब भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेट, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्याण्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।

ग्लोबल कार्यकारी निर्देशकको पदमा शाहको नियुक्तिसँगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाई छ । ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा, उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिती अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

“यशोदा फूड्ससँग अनुबन्धित हुँदै सफलताको नयाँ रोमाञ्चक यात्राको साझेदार हुन पाउनु मेरो लागि ठूलो सम्मान तथा गौरवको विषय हो । उनले भने, गुणस्तर र नवप्रबद्र्धनका सवालमा सदैव अग्रणी रहँदै आएको यस कम्पनीसँग आफ्नो यात्रा अगाडी बढाउन पाउँदा म निकै उत्साहित छु ।” समारोहमा आफ्नो मन्तब्य राख्दै उहाँले भन्नु भएको थियो, “कम्पनीको भिजनलाई आत्मसात गर्दै, कम्पनीलाई थप सफलता र उचाईँमा पु¥याउने म मेरो हार्दिक प्रतिवद्धता व्यक्त गर्दछु ।”

यो नियुक्तिले यशोदा फूड्सको निरन्तर सफलता, उन्नती, उत्कृष्टता, र नवीनताप्रतिको प्राथमिकतालाई प्रतिबिम्बित गरेको छ । कम्पनीले आफ्नो परम्परागत विरासतलाई कायम राख्दै खाद्य पदार्थ क्षेत्रमा नवप्रवर्तन भित्राउने उद्देश्य लिएको छ । कम्पनीले निकट भविष्यमा नयाँ खाद्य उत्पादनका साथै एफएमसीजी उत्पादनहरु पनि सार्वजनिक गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS