IME Life New
GBIME

पोखरामा इञ्जिनियरिङ इन्स्योरेन्सका समसामयिक विषयमा सेमिनार सम्पन्न

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज जेठ २४ गते शनिवारका दिन पोखरामा इञ्जिनियरिङ इन्स्योरेन्सका समसामयिक विषयहरूमा एक दिवसीय सेमिनार सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टर , नेपाल इन्स्योरेन्स सर्भेयर संघ पोखरा च्याप्टर, नेपाल इन्स्योरेन्स तथा जोखिम व्यवस्थापन संघको संयुक्त आयोजनामा इञ्जिनियरिङ इन्स्योरेन्सका समसामयिक विषयहरूमा एक दिवसीय सेमिनार सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा निर्जीवन बीमा कम्पनीको गण्डकी प्रदेशमा कार्यरत ९० जना कर्मचारीहरुको सहभागिता थियो । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीका कार्यकारी सदस्य सुरेश रेग्मीले गरेका थिए ।

Crest

कार्यक्रममा स्वागत मतव्य नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीका सचिव सुर्य बहादुर के.सी.ले गरेका थिए । उक्त कार्यक्रको उद्घाटन नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शंभु प्रसाद मिश्रले गरेका थिए ।

सेमिनारमा चार सत्रहरु रहेका थिए । पहिलो सत्र बीमा सम्बन्धी कानूनी व्यवस्था सम्बन्धी रहेको थियो । प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शंभु प्रसाद मिश्रले बीमा सम्बन्धी सबै खालका ऐन, नियमावली, निर्देशिका लगायतका बिषयमा प्रकाश पारेका थिए । कानूनको जानकारी नभएको कारणले दण्डबाट छुट पाइदैन भन्दै बीमा सम्बन्धी सबै कानूनी बिषयहरुको जानकारी लिनु बीमामा कार्यरत कर्मचारीहरु सबैको कर्तव्य हो भन्दै उनले सेवाग्राहीको हितमा दत्तचित्त भएर लाग्न पनि आग्रह गरे ।

उनले संस्थागत सुशासन आजको पेचिलो बिषय बनेको हुंदा केन्द्र देखि जिल्लासम्म सुशासन कायम राख्ने काम बीमक र नियामक दुवै पक्षको जिम्मेवारी रहेको बताए ।

दोस्रो सत्र बीमाका समसामयिक बिषयहरु, चुनौती र आगामी बाटो शिर्षकमा नेपाल इन्स्योरेन्स तथा जोखिम व्यवस्थापन संघका अध्यक्ष तथा पोखरा विश्वविद्यालयका सहप्राध्यापक डा. रविन्द्र घिमिरेले आफ्नो प्रस्तुति दिएका थिए ।

उनले बीमाका समसामयिक बिषयहरुको बारेमा बिस्तृत रुपमा चर्चा गर्दै बीमा उद्योगले झ्रल्दै आएका बिबिध समस्याहरुको बारेमा प्रकाश पार्दै आगामी बाटो के हुन सक्दछ भन्ने बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । साथै विभिन्न बिषयहरुलाई बीमाको समसामयिक बिषयहरुको रुपमा प्रस्तुत गरेका थिए ।

डिजिटल बीमा
सामाजिक स्वास्थ्य बीमा र सामाजिक सुरक्षा प्रणाली
जलवायु परिवर्तन र विपद् बीमा
कृषि बीमा र ग्रामीण वित्तीय समावेशीकरण
साइबर बीमा र सूचना सुरक्षासँग सम्बन्धित जोखिम
पुनर्बीमा र जोखिम स्थानान्तरणको नवीन विधिहरू
सामूहिक बीमा योजनाहरू
समावेशी बीमा
बीमा मा कृत्रिम बुद्धिमत्ता
हरित बीमा
बीमाको पहुँच र समावेशीता
निजी क्षेत्रद्वारा सामाजिक बीमा योजनाको बहिष्कारर अस्वीकार
बीमा धोखाधडी
प्रीमियम निर्धारणमा पारदर्शिता र विश्वसनीयता
दावी अस्वीकृति सम्बन्धी विवादहरू
बीमा नियमन र सुपरीवेक्षणमा कमजोरी
बीमा साक्षरताको कमी
वित्तीय दिगोपनमा चुनौती
विपद् जोखिमको पुनर्बीमा अभाव
बीमा कम्पनी र ब्रोकरहरूबीचको हितको द्वन्द्वका विषयमा डा.रविन्द्र घिमिरेले  प्रस्तुतिकरण दिएका थिए ।

तेस्रो सेसनमा हिमालयन जनरल इन्स्योरेन्सका र्पूव प्रमुख कार्यकारी अधिकृत, बीमा बिज्ञ, तथा हाल यूआइबी रिइन्स्योरेन्स ब्रोकर युकेका नेपाल प्रतिनिधि सुसिल बज्राचार्यले अण्डराइटिङ्ग इन इन्जिनियरिंग इन्स्योरेन्स“ शिर्षकसंग सम्बन्धित जानकारी दिएका थिए । उनले ठेकेदारले कुनै पनि निर्माण सम्बन्धी कार्य गर्नुपर्दा इन्जिनियरिंग बीमा गर्नु आवश्यक हुन्छ भन्दै अन्डरराइटिङको मुख्य पक्षहरू जोखिम मूल्याङ्कन अन्डरराइटिङ निर्धारण तथा प्रिमियम निर्धारण सर्त तथा बहिष्करणहरू, दस्तावेज जाँच बिषयमा प्रकाश पारेका थिए ।

चैथो सेसनमा सर्भेयर, इन्जिनियर र बीमा बिज्ञ बुद्धि राज अधिकारीले रिस्क टु रिकभरी बिषयमा जानकारी दिएका थिए । उनले प्रोजेक्टका किसिमहरु, इन्जिनियर बीमाका प्रकारहरु, जोखिम बहन हुने र नहुने बिषयहरु, इन्जिनियर बीमाका समस्याहरु म्युनिख रि र नेपालको सन्दर्भका बारेमा प्रकाश पारेका थिए ।

सेमिनारको अन्त्यमा सहभागीको तर्फबाट तालिमको बारेमा फिडब्याक लिइएको थियो र सहभागीलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS