IME Life New

पुँजीबजार र विद्युत उत्पादन क्षेत्रको सुदृढीकरणका लागि सेबोन र विद्युत नियमन आयोगबीच सहकार्यको सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र विद्युत् नियमन आयोगबीच नेपालको पुँजीबजार तथा विद्युत उत्पादन सम्बद्ध क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्ने सहमति भएको छ।

सेबोनको खुमलटारस्थित कार्यालयमा बिहीबार भएको संयुक्त बैठकमा यस्तो सहमति बनेको हो। पुँजीबजारमार्फत विद्युत उत्पादनसम्बन्धी परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय तथा नीतिगत सामञ्जस्यता कायम गर्ने विषयमा बैठक केन्द्रित रहेको थियो। दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्रको आवश्यकता रहनेमा दुवै निकायका प्रतिनिधिले एकमत जाहेर गरेक थिए।

Esewa
Crest

सेबोन र आयोगका प्रमुख तथा उपस्थित प्रतिनिधिहरुले बजारमा विश्वास अभिवृद्धि गर्ने, लगानीका अवसर विस्तार गर्ने तथा नेपालको पुँजीबजार र विद्युत उत्पादन सम्बद्ध क्षेत्रको समग्र विकास एवं स्थायित्वमा योगदान पुर्याउने उद्देश्यले दुवै निकायबीच निरन्तर सहकार्य, सूचना आदानप्रदान र संयुक्त पहललाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठकले पुँजी बजार र विद्युत् क्षेत्रबीचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउन दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गर्ने सम्बन्धमा छलफलसमेत गरेको छ। कार्यदलको उद्देश्य लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय तथा विद्यमान नियम कानूनमा थप परिमार्जन गर्ने सम्बन्धमा सहकार्य गरी ठोस उपायहरु पहिचान गर्ने रहनेछ।

बैठकमा सेबोनका तर्फबाट अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, कार्यकारी निर्देशकहरु विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र रुपेश केसी तथा आयोगका तर्फबाट अध्यक्ष डा रामप्रसाद धिताल, सदस्यहरु डा. मधुसुदन अधिकारी र भगिरथि भट्टराई ज्ञवालीलगायत अन्य पदाधिकारीको समेत सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS