IME Life New

साउदीको तेलले मालामाल भूमिमा भेटियो अमूल्य खजाना, चार ठाउँमा फेल पर्यो सुनको ठूलो भण्डार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरेबियाले अब एउटा महत्वपूर्ण खजाना फेला पारेको छ। देशका ४ स्थानमा नयाँ सुनको ठूला भण्डार पत्ता लागेको हो।
यो खोजले साउदीको ज्ञात सुन भण्डारमा ७० लाख औँसभन्दा बढी सुन थपेको छ। उल्लेखनीय कुरा के छ भने सुन भण्डारले तेल बिक्रीबाट पहिले नै धनी रहेको रियादलाई अझ बलियो बनाउनेछ।

साउदीको सरकारी स्वामित्वमा रहेको खानी कम्पनी, मादेनले जनवरी १२ मा सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यो खोजको घोषणा गरेको थियो। कम्पनीले भन्यो, ‘यसले राज्यमा एक विशाल अन्वेषण कार्यक्रम सञ्चालन गरेको छ, जुन एकल देशमा विश्वको सबैभन्दा ठूलो हो।’

Esewa
Crest

कम्पनीका अनुसार उसको पछिल्लो अन्वेषणले कुल ७८ लाख औँस सुन उत्पादन गरेको छ। ‘आज हामीले हाम्रा चार रणनीतिक सम्पत्तिमा साउदीको रिपोर्ट गरिएको सुन स्रोतमा ७० लाख औँसभन्दा बढी योगदान गरेका छौँ’, कम्पनीले लेखेको छ।

अरेबियन बिजनेसको एउटा रिपोर्टअनुसार यी भण्डार चार स्थानमा ड्रिलिंगमार्फत पत्ता लगाइएको थियो। सबैभन्दा ठूलो भण्डार वादी अल जावमा फेला परेको छ। जहाँ अनुमानित ३८ लाख औँस सुन फेला परेको छ।

त्यस्तै मन्सुरह ३० लाख औँस र उरुक तथा उम्म अस्सलाम १६ लाख ७० हजार औँसको भण्डार फेला परेको छ। सुनजस्ता बहुमूल्य धातु नाप्ने इकाइ भनेको औँस हो। एक औँस ३१.१० ग्रामबराबर हुन्छ।

साउदीले क्षेत्रीय खानीमा ठूलो लगानी गरिरहेको छ। जुन साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको भिजन २०३० योजनाको अंश हो। यसको लक्ष्य तेलमा आधारित अर्थतन्त्रलाई विविधीकरण गर्नु हो।

भिजन २०३० ले खनिज अन्वेषणलाई आर्थिक लचिलोपनका लागि आधारभूत स्तम्भका रुपमा स्थापित गर्दछ। जसले वार्षिक रुपमा जीडीपीमा १२० अर्ब साउदी रियाल योगदान गर्ने लक्ष्य राखेको छ।

यो साउदीको परम्परागत राजस्व मोडेलबाट ठूलो परिवर्तनलाई प्रतिनिधित्व गर्दछ। जहाँ तेल राजस्वले सरकारी राजस्वको ९० प्रतिशत हिस्सा ओगटेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS