IME Life New

अवैध आप्रवासीविरुद्ध साउदीको ठूलो कारबाही, १० हजार विदेशीलाई देश निकाला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरेबियाले अवैध आप्रवासीविरुद्ध ठूलो कारबाही सुरु गरेको छ। जनवरीको पहिलो हप्तामा मात्र १८ हजार ८३६ अवैध बासिन्दालाई पक्राउ गर्नुका साथै १० हजारभन्दा बढीलाई देश निकाला गरिएको छ।

साउदी सरकारको आदेशमा अवैध आप्रवासीहरुविरुद्ध राष्ट्रव्यापी कारबाही भइरहेको हो। श्रम कानुन र सीमा कानुन उल्लंघन गर्नेहरुलाई देश निकाला गरिएको छ।

Esewa
Crest

साउदी गृह मन्त्रालयका अनुसार सुरक्षा बल र सरकारी एजेन्सीहरु सम्मिलित संयुक्त अभियानमा जनवरी १ देखि ७ सम्म यी गिरफ्तार गरिएका थिए। मन्त्रालयले पक्राउ परेकाहरुमध्ये ११ हजार ७१० जनाले आवास कानुन उल्लंघन गरेको पाइएको जनाएको छ। जब कि ४ हजार २३९ जनाले सीमा सुरक्षा नियमहरु उल्लंघन गरेको मन्त्रालयको भनाइ छ।

त्यस्तै २ हजार ८८७ जनाले श्रम कानुन उल्लंघन गरिरहेका थिए। तिनीहरुमध्ये धेरैजसोलाई देश निकाला गरिएको छ र बाँकीलाई पनि देश निकाला गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS