काठमाडौं । नेपालको औद्योगिक तथा वित्तीय क्षेत्रमा एक ऐतिहासिक कदम स्वरूप सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
उक्त औपचारिक कार्यक्रम होटल मेरियट, काठमाण्डौमा सम्पन्न भएको हो । सम्झौतापत्रमा सारथी केवल इन्डष्ट्रीज लिमिटेडका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आगामी आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पुँजिको २० प्रतिशत सर्वसाधारणलाई आइपओि निष्काशन गर्ने योजना बनाएको छ । आइपीओ मार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन्।
आइपीओबाट संकलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलोपटक अन्डरग्राउन्ड केवल उत्पादन सुरु गर्दै नेपालमा विद्युत् सामग्री उत्पादनमा आत्मनिर्भरता ल्याउनेतर्फ एक ऐतिहासिक प्रयास हुनेछ र त्यसका साथै अत्याधुनिक प्रविधि प्रयोग गरी Plalgod Aluminium Furnance Plant जडान गर्ने लक्ष्य लिएको छ।
सारथी केवल इन्डष्ट्रीज लिमिटेडले बिगत १८ बर्ष देखि नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित केवल तथा तार उत्पादन कम्पनीहरूमध्ये एक अग्रणी कम्पनी हो। कम्पनीले मुख्यतःमुख्यतः Multi-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor उत्पादनहरूमा विशेषज्ञता हाँसिल गरेको छक्ष्

















