IME Life New

सान्भी इनर्जीको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सान्भी इनर्जीको आइपीओ आज दिउँसो बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा दिउँसो ३ बजे सान्भी इनर्जीको आइपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले गत जेठ ९ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आइपीओ जारी गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकितदरका कुल २४ लाख १५ हजार ३०० कित्ता शेयर जारी गरेको थियो।

Esewa
Crest

यो आइपीओमा कुल २० लाख ४३ हजार २४९ आवेदकले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ताका लागि खरिद आवेदन दिएका थिए। तीमध्ये २० लाख ३० हजार १५७ आवेदकबाट परेको २ करोड ३७ लाख ९५ हजार ६४० कित्तामात्रै सदर भएको छ। बाँकी १३ हजार ९२ आवेदकबाट परेको १ लाख ९६ हजार १८० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जस भाग्यमानी २ लाख ४१ हजार ५३० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आवेदकले आफूलाई शेयर परेको वा नपरेको भन्ने जानकारी धितोपत्र बिक्री प्रबन्धक र आइपीओ जारी गर्ने कम्पनीको वेबसाइटका साथै सीडीएससीको ‘मेरो शेयर’ र https://iporesult.cdsc.com.np मा गएर हेर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS