IME Life New

वैशाख ५ गतेबाट आइपीओ ल्याउँदै सान्भी इनर्जी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सान्भी इनर्जीले आउँदो वैशाख ५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गर्न लागेको हो।

कम्पनीले जारीपुँजी ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशतले हुन आउने ३७ करोड ९० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

Esewa
Crest

कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि बिक्री खुला गर्नेछ। यो आइपीओमा इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गाविसका १ देखि ९ नम्बर सम्मका वडा), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गाविसका १ देखि ४ र ६ देखि ९ नम्बर वडा) माई गोजमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ गाविसका १ देखि ९ नम्बरसम्मका वडा तथा नयाँबजार गाविसको वडा नं. ५), सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गाविसका ६ देखि ९ नम्बरसम्मका वडा) तथा सूर्योदय नगरपालिका वडा नं. १ (साविकको पञ्चकन्या गाविसका २, ६ र ८ नम्बर वडाका बासिन्दाले आवेदन दिन सक्नेछन्।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको जारी पुँजीको ३३.०७ प्रतिशतले हुन आउने २९ लाख १० हजार कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९१ हजार कित्तामा वैदेशिक रोजगारमा रहेका नेपालले आवेदन दिन सक्नेछन्।

दुवै समूहका लगानीकर्ताले यो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। स्थानीयले आयोजनास्थल, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र नबिल बैंकको फिक्कल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा वैशाख १९ गते र ढिलोमा जेठ ३ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आइपीओमा वैशाख १९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

सान्भी इनर्जीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS