IME Life New

सानिमा रिलायन्स लाइफको तीज विशेष कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शाखाका चिफ एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर तथा एजेन्सी म्यानेजरलाई विभिन्न विधामा सम्मान गरिनुका साथै रमाइलो तीज उत्सव पनि मनाइएको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट उपलब्धि हासिल गर्ने अभिकर्ताहरूलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो । श्रावण महिनामा घोषणा गरिएको स्किमका विजेताहरूलाई समेत सम्मान गरिएको शाखाले जनाएको छ ।

Crest

समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख विनोद प्रसाद त्रिपाठीले बीमा क्षेत्रमा उज्ज्वल करियर बनाउन सकिने उल्लेख गर्दै बीमाले जीवनमा आर्थिक सुरक्षा र भविष्यप्रति आत्मविश्वास जगाउने बताए ।

त्यस्तै बागलुङ शाखा प्रमुख प्रेम प्रसाद ढकालले बागलुङ शाखाको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा अझ उत्कृष्ट परिणाम हासिल गर्ने विश्वास व्यक्त गरे ।

करिब ४० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा सांगीतिक प्रस्तुति, दर खाने र तीज विशेष रमाइलो कार्यक्रमले माहोल उत्साहपूर्ण बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS