IME Life New

सानिमा रिलायन्स लाइफ र नारायणी सामुदायिक हस्पिटलबीच विशेष सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल चितवनबीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

 इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

सम्झौता अनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आवद्ध, देशभरका विमित, अभिकर्ता, कर्मचारीहरुले उपचारमा १० प्रतिशत सम्म सहुलियतको व्यवस्था सहित सम्झौता भएको कम्पनी क्षेत्र प्रबन्धक इशा प्रधानले जानकारी दिए ।

सम्झौतासँगै अस्पताल प्रशासन पनि खुशी व्यक्त गर्दै आवश्यकता अनुसार थप सहयोग गर्न तयार रहेको कार्यकारी अध्यक्ष डा. श्रेष्ठले बताए। सम्झौता हस्ताक्षर भएको मितिबाट लागू भई दुई वर्षसम्म प्रभावकारी रहनेछ।

सम्झौता कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक विष्णु कुवँर, म्यानेजर अरुण लम्साल, तथा इन्स्योरेन्स कम्पनीका मार्केटिङ अफिसर प्रदीप पराजुलीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS