IME Life New

सानिगाड हाइड्रोको आइपीओ भर्ने म्याद लम्बियो, अब कहिलेसम्म आवेदन दिन सकिन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आयोजना प्रभावित स्थानीयले सानिगाड हाइड्रोको आइपीओ भर्ने म्याद लम्बिएको छ।

कम्पनीले गत चैत ८ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको थियो। वैदेशिक रोजगारमा रहेका नेपालीले चैत ११ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

Esewa
Crest

स्थानीयका लागि यो आइपीओको निष्कासन बन्द छिटोमा चैत २२ गते भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले अब आउँदो वैशाख ७ गतेसम्म स्थानीयले यो आइपीओ आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ।

कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ८५ लाख ५० हजार कित्ता शेयर ल्याउन अनुमति पाएको थियो। कम्पनीले जारी पुँजीमध्ये १० प्रतिशतले हुन आउने २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय निष्कासन गरिरहेको छ। जसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता शेयर अतिप्रभावित क्षेत्र बझाङ जिल्लाका बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दा र बाँकी ९ लाख ९७ हजार ५०० कित्ता बुंगल नगरपालिकाका वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाका लागि छुट्याइएको छ।

स्थानीयले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङ शाखा कार्यालयका साथै बुंगलस्थित कम्पनीको पावर हाउसबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS