IME Life New

विश्वव्यापी बीमा क्षेत्रमा तलब असमानताः अभिकर्ता कि कार्यकारी, कसले कमाउँछन् बढी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी बीमा उद्योगमा आय असमानताहरु बढ्दो रुपमा स्पष्ट हुँदै गइरहेका छन्। शीर्ष कार्यकारीहरुले अग्रपंक्तिका अभिकर्ताभन्दा धेरै गुणा बढी कमाउँछन्। यो खाडल क्षेत्र, अनुभव र जिम्मेवारीहरुका आधारमा फराकिलो हुँदै जान्छ।

उत्तर अमेरिकामा बीमा बिक्री प्रतिनिधि (अभिकर्ता)हरुले सामान्यतया राम्रो तलब कमाउँछन्। तर, यो धेरै हदसम्म कमिसनमा आधारित हुन्छ। अमेरिकी श्रम तथ्यांक ब्युरो –बीएलएस)का अनुसार अमेरिकामा बीमा बिक्री एजेन्टको औसत वार्षिक आम्दानी लगभग ६० हजार डलर रहेको छ। दक्ष अभिकर्ताले कमिसन र बोनससहित वार्षिक ९० हजार डलरभन्दा बढी कमाउन सक्छन्।

Esewa
Crest

क्यानडामा समान कार्यसम्पादनमा आधारित तलब संरचना अवलोकन गरिएको छ।

अर्कोतर्फ शीर्ष कार्यकारीहरुले पर्याप्त आम्दानी गर्छन्। प्रमुख अमेरिकी बीमा कम्पनीहरुद्वारा प्रकाशित तथ्यांक अनुसार प्रमुख कार्यकारी अधिकारी (सीईओ)हरुले लाखौँ डलरमा वार्षिक भुक्तानी पाउँछन्। यस प्याकेजमा आधार तलब, कार्यसम्पादन बोनस, स्टक विकल्प र दीर्घकालीन प्रोत्साहनहरु समावेश छन्।

युरोपमा तलब देशअनुसार फरक–फरक हुन्छ। जर्मनीमा बीमा अभिकर्ताहरुको औसत वार्षिक आम्दानी लगभग ५० हजार युरोदेखि ६० हजार युरोसम्म रहेको छ। बेलायतमा आधारभूत तलब धेरै कम छ। सामान्यतया ३० हजार पाउन्डको आसपास रहेको छ। तर, कमिसनले कुल आम्दानीमा उल्लेखनीय वृद्धि गर्न सक्छ।

सन् २०२५ सम्ममा युरोपेली बीमा क्षेत्रमा औसत तलब बजेट ३ प्रतिशतदेखि ४ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ। जसले श्रम बजार र लागत दबाबमा आएको परिवर्तनलाई प्रतिविम्बित गर्दछ।

यद्यपि एसियामा तलब संरचनाहरु धेरै कम छन्। देशहरुबीच ठूलो भिन्नता छ। जापानमा बीमा अभिकर्ताले प्रतिवर्ष औसतमा ६० लाखदेखि ७० लाख येन कमाउँछन्। चीन र भारतजस्ता उदीयमान बजारहरुमा प्रवेशस्तरको तलब धेरै कम छ। चीनमा आम्दानी सामान्यतया प्रतिवर्ष २ लाख युआनको वरिपरि र भारतमा भारु १ लाखदेखि भारु ४ लाखको बीचमा हुन्छ। यद्यपि, अनुभवी अभिकर्ताले कमिसन र ग्राहक पोर्टफोलियोहरुमार्फत उल्लेखनीय रुपमा बढी कमाउन सक्छन्।

विश्वव्यापी रुपमा धेरैजसो बीमा अभिकर्ताले सामान्यतया प्रतिवर्ष ३० हजार डलरदेखि ८० हजार डलरसम्म कमाउँछन्। जसको कमाइ कार्यसम्पादनका आधारमा उतारचढाव हुन्छ। यसको विपरीत विशेषगरी उत्तर अमेरिका र युरोपमा कुल कार्यकारीस्तरको आम्दानी प्रायः ९० लाख डलरभन्दा बढी हुन्छ।

बीमा उद्योग विज्ञहरुका अनुसार यो आय अन्तर लामो समयदेखि संरचनात्मक वास्तविकताका रुपमा अवस्थित छ। तर, हालैका वर्षहरुमा यो अझ स्पष्ट भएको छ।

अभिकर्र्ताहरु प्रदर्शनमा आधारित र अनिश्चित आम्दानीमा भर पर्छन्। जब कि कार्यकारीहरुले उच्च तलब र दीर्घकालीन प्रोत्साहनहरुको आनन्द लिन्छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS