IME Life New

सगरमाथा जलविद्युतले १००% हकप्रद शेयर जारी गर्न पायो सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासन गर्न सहमति पाएको छ।

विद्युत नियमन आयोगले मंगलबार सगरमाथा जलविद्युत कम्पनीलाई पत्र पठाउँदै हकप्रद शेयर निष्कासन गर्न सहमति प्रदान गरेको छ।

Esewa
Crest

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने तयारी गरिरहेको छ। यसका लागि कम्पनीले विद्युत नियमन आयोगमा निवेदन दिँदै स्वीकृति माग गरेको थियो।

त्यसअघि आयोगले गत वर्ष असार ८ गते कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारणसभा पेस गर्न स्वीकृति प्रदान गरेको थियो।

अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई १ अर्ब १७ करोड ३२ लाख रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS