IME Life New

अमेरिकाले हासिल गर्न खोजेको ‘युरेनियम’मा रुसले इरानलाई राख्यो यस्तो प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुसको सरकारी स्वामित्वमा रहेको आणविक ऊर्जा कम्पनी रोसाटोमका प्रमुख एलेक्सी लिखाचेभले रुसले इरानबाट सम्वर्धित युरेनियम ढुवानी गर्न मद्दत गर्न बताएका छन्।

बीबीसी फारसीका अनुसार यो जानकारी औद्योगिक प्रकाशन ‘स्ट्राना रोसाटोम’को टेलिग्राम च्यानलमा प्रकाशित भएको हो। ‘प्राविधिक कठिनाइहरुबाहेक अमेरिका र इरानबीचको भविष्यको कुनै पनि सम्झौतामा विश्वासको मुद्दा सबैभन्दा महत्वपूर्ण छ’, उनले भनेका छन्, ‘यस विषयमा इरानसँग राम्रो सहयोगको अनुभव रुससँग मात्र छ। हामीले पहिले २०१५ मा इरानको अनुरोधमा सम्वर्धित युरेनियम ढुवानी गरेका थियौँ र हामी आज पनि मद्दत गर्न तयार छौँ।’

Esewa
Crest

दुई दिनअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता ‘धेरै नजिक’ छ। उनले दाबी गर्दै भनेका थिए, ‘इरानले लगभग ४४० किलोग्राम सम्वर्द्धित युरेनियम आपूर्ति गर्न सहमत भएको छ।’

यद्यपि, इरानको विदेश मन्त्रालयका प्रवक्ताले युरेनियम दिने दाबीलाई अस्वीकार गरेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS