काठमाडौं । आरटीजीएस प्रणाली शनिबार (असोज २५ गते) पनि सुचारु रहने भएको छ।
नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै आउँदो शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो। यो दिन आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म १२ घन्टा सुचारु रहनेछ।
राजस्व संकलनका लागि आरटीजीएस शनिबार बिदाका दिन पनि सुचारु रहने भएको केन्द्रीय बैंकले जनाएको छ।

















