काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनले रसुवा, नुवाकोट तथा धादिङलगायतका क्षेत्रमा भदौ १० गतेको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोगस्वरुप १ लाख १ हजार १११ रुपैयाँ रकम सहयोग गर्ने निर्णय गरेको छ।
संगठनले उक्त प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसनतप्त परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरेको छ।
यसका साथै घाइतहरुको यथाशीघ्र उद्धार गरी प्रभावकारी उपचारको व्यवस्था गर्न तथा सुरक्षित पुर्स्थापना र राहत कार्यलाई थप प्रभावकारी बनाउन संगठनले सरकारसँग आग्रह गरेको छ।












