IME Life New

नेपाल लाइफ छाडेका प्रशिक्षक रोजेश बस्नेत प्रभु महालक्ष्मी लाइफ जाँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफको तालिम विभाग प्रमुख रोजेश बस्नेत नयाँ जिम्मेवारीका साथ प्रभू महालक्ष्मी लाईफ इन्स्योरेन्समा प्रवेश गर्ने भएका छन्।

व्यवस्थापनमा एमफिल तहको उपाधी हासिल गरेका बस्नेत विभागीय प्रमुखको जिम्मेवारी सहित प्रभू महालक्ष्मी लाईफ प्रवेश गर्न लागेका हुन् ।

Esewa
Crest

उनले सेल्स स्ट्राटेजिक अफिसरका रूपमा जिम्मेवारी सम्हाल्ने प्रभू महालक्ष्मी लाईफ सम्बद्ध श्रोतले जानकारी दिएको छ।

उनले नेपाल लाइफमा तालिम विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै अभिकर्ता तथा कर्मचारी तालिमलाइ डिजिटलमाध्यमबाट रूपान्तरणको काम सफलतापूर्वक गरे। उनले अभिकर्ता तालिमका लागि डिजिटल लर्निङ प्ल्याटफर्मको विकास गराएर अभिकर्ताले जुनसुकै बेला, जहाँसुकै समयमा पनि अभिकर्ता इजाजत पत्रका लागि आवश्यक पर्ने तालिममा सहभागिता जनाउन सक्ने प्रविधि भित्र्याए।

उनले नेपाल लाईफमा ३ वर्ष अनुभव हासिल गरेका छन् । नेपाल लाईफ अघि उनी सूर्यज्योति लाइफ इन्स्योरेन्समा सहायक प्रबन्धक पदमा कार्यरत थिए।

काठमाडाैं विश्वविद्यालयमा अध्यापन समेत गर्ने बस्नेतले पोखरा विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन पुरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

22%
happy

खुसी

22%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS