IME Life New

रिच ड्याड पुअर ड्याडका लेखकको चेतावनीः ‘विश्वमा भयानक महामन्दी आउन सक्छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रसिद्ध लगानीकर्ता र लेखक रोबर्ट कियोसाकीले ठूलो चेतावनी दिएका छन्। उनले यसलाई ‘शेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो संकट आउन सक्ने बताएका छन्। उनी भन्छन्, ‘यो वर्तमान मन्दी सन् १९२९ को महामन्दीभन्दा भयानक हुन सक्छ।’

कियोसाकीले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा लेखेकाछन्, ‘सबै कुराको बुलबुला फुटिरहेको छ। मलाई डर छ कि यो इतिहासकै सबैभन्दा ठूलो संकट आउन सक्छ।’ उनको चेतावनी अमेरिकी शेयर बजारमा लगातार गिरावटको बीचमा आएको हो। नास्डक कम्पोजिट सोमबार ४ प्रतिशतभन्दा बढी घट्यो। जब कि एसएन्डपी ५०० लगभग २.७ प्रतिशतले घट्यो।

Esewa
Crest

एसएन्डपी ५०० फेब्रुअरीमा यसको उचाइबाट ८.५ प्रतिशत घटिसकेको छ। एसएन्डपी १५०० सुपर कम्पोजिट इन्डेक्सले फेब्रुअरीको मध्यदेखि लगभग ४.९ ट्रिलियन डलर गुमाएको छ। जसले लगानीकर्ताको बढ्दो चिन्तालाई झल्काउँछ।

जर्मनी, जापान र अमेरिकाको अर्थतन्त्रलाई औँल्याउँदै कियोसाकीले भनेका छन्, ‘अक्षम नेताहरुले हामीलाई ठूलो दुर्घटनामा फसाएका छन्।’ उनले आफ्नो पुस्तक ‘रिच ड्याड प्रोफेसी’मा बजारमा ठूलो गिरावट आउने भविष्यवाणी गरेका थिए।

कियोसाकीले ‘एक्स’मा लेखे, ‘सबै कुराको बुलबुला फुटिरहेको छ। मलाई डर छ कि यो इतिहासको सबैभन्दा ठूलो दुर्घटना हुन सक्छ। जर्मनी, जापान र अमेरिका अहिलेसम्म विकासको इन्जिन बनेका छन्। दुर्भाग्यवश हाम्रा असक्षम नेताहरुले हामीलाई एउटा जालमा पुर्याएका छन्।’

लगानी विश्लेषकहरुले पनि मन्दीको भविष्यवाणी गरिरहेका छन्। ‘ट्रम्पले कम ट्यारिफ र कम कडा नियमहरुको वाचा गरेर बजार मुक्तिदाता हुनुपर्ने थियो’, लन्डनमा एजे बेलका ड्यान कोट्सवर्थले भने, ‘अब उनकोे कार्य विनाशको संकेत हो। ‘आर’ शब्द फेरि सबैको मुखमा छ किनभने मानिसले व्यापार ट्यारिफहरु पछाडि फर्केर अमेरिकालाई आर्थिक समृद्धिको सट्टा मन्दीतर्फ लैजान्छ कि भनेर सोचिरहेका छन्।’

अमेरिकी व्यापार नीतिहरुले वित्तीय संकटलाई अझ बढाएको छ। रोयटर्सको सर्वेक्षणले अमेरिका, क्यानडा र मेक्सिकोका अर्थशास्त्रीहरुमा ट्यारिफको प्रभावका बारेमा चिन्ता बढेको देखाएको छ। सर्वेक्षणमा क्यानडा, अमेरिका र मेक्सिकोका ७४ मध्ये ७० अर्थशास्त्रीले मन्दीको जोखिम बढेको विश्वास गरेका थिए। खासगरी अमेरिकामा महँगी बढ्ने जोखिम बढेको छ।

ग्लोबलम्यान स्याक्सले आफ्नो सन् २०२५ अमेरिकी वृद्धि प्रक्षेपण तल तिर परिमार्जन गरेको छ। यो ‘अधिक प्रतिकूल ट्यारिफ धारणा’ का कारण हो। जब कि महँगीको जोखिम बढ्दै गएको छ।

ट्रम्पको हालै चिनियाँ आयातमा २० प्रतिशत ट्यारिफ वृद्धि र क्यानाडा र मेक्सिकोमा २५ प्रतिशत ट्यारिफको धम्कीले अनिश्चितता बढाएको छ। उदास दृष्टिकोणको बाबजुद कियोसाकीले आतंकविरुद्ध सल्लाह दिन्छ। उनले लेखेका छन्, ‘आत्तिनु र डराउनु सामान्य हो, नआत्तिनुहोस्। बरु लगानीकर्ताले ‘स्थिर’ रहन र आँखा खुला र मुख बन्द’ राख्न तथा संकटलाई सम्भावित लगानीका अवसरका रुपमा हेर्नुपर्छ।’
सन् २००८ को आर्थिक संकटको स्मरण गर्दै कियोसाकीले भनेका छन्, ‘हालको मन्दी तपाइँको जीवनकालको अवसर हुन सक्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS