IME Life New

पुनर्बीमा समूह म्युनिख रिद्वारा नेक्स्ट इन्स्योरेन्सको स्वामित्व ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युरोपेली वैश्विक पुनर्बीमक कम्पनी, म्युनिख रि ले नेक्स्ट इन्स्योरेन्सको स्वामित्व अधिग्रहणको घोषणा गरेको छ। अब यो कम्पनी प्राथमिक बीमा शाखा, एर्गो अन्तर्गत सञ्चालन हुनेछ। म्युनिख रिले गत सोमबार २ अर्ब ६० करोड अमेरिकी डलरमा नेक्स्ट इन्स्योरेन्स खरिदको सौदा गरेको छ।

एशियन इन्स्योरेन्स रिभ्युका अनुसार अधिग्रहण हुनुभन्दा पहिले, एर्गोले डिजिटल बीमा कम्पनीमा करिब ३० प्रतिशत शेयर स्वामित्व ओगटेको थियो। म्युनिख रि पनि नेक्स्ट इन्स्योरेन्सको प्रारम्भिक समर्थकहरू मध्ये एक थियो। नियामक स्वीकृतिहरू बाँकी रहेकाले यो सौदा चालू आर्थिक वर्ष २०२५ को तेस्रो त्रैमासिकमा बन्द हुने अपेक्षा गरिएको छ।

Esewa
Crest

म्युनिख रि ले सन् २०२५ मा आफ्नो एर्गो डिभिजनबाट सामान्य बीमा राजस्वमा २३ अर्ब १० करोड अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरेको छ। नेक्स्ट इन्स्योरेन्सको हालैको अधिग्रहणले मध्यम अवधिमा एर्गोको कुल नतिजामा मध्यम तीन-अंकको करोड-डलर आम्दानी थप्ने अपेक्षा गरिएको छ।

दुबै कम्पनीका अनुसार, साना व्यवसायहरू ( अमेरिकी जीडीपीको ४४ प्रतिशत योगदान दिए पनि,उल्लेखनीय रूपमा थोरै मात्र बीमाको दायरामा समेटिएका छन्। ७५ प्रतिशत साना व्यवसाय बीमाको सुरक्षा घेराभन्दा बाहिर छन् । उनीहरूलाइ समेट्न सकेको अवस्थामा सम्भावित बजार अवसर लगभग १ खर्ब ७५ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS