IME Life New

कबुल गरेको शेयरको रकम भुक्तानी गर्न रिडी ग्रुपको आह्वान, नबुझाए जफत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिडी ग्रुपले आफ्ना शेयरधनीहरुलाई कम्पनी स्थापना गर्दा कबुल गरेको रकम बुझाउन आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी आफ्ना संस्थापक शेयरधनीहरुलाई कम्पनी स्थापना गर्दा कबुल गरेको रकम बुझाउन आग्रह गरेको हो। कम्पनीको अनुसार २०७५ वैशाख ७ गते संस्थापक शेयरधनीले १०० रुपैयाँ अंकित दरको २० प्रतिशतमात्र रकम कम्पनीमा भुक्तानी गरेका थिए। गत फागुन ९ गते सञ्चालक समितिको बैठकको निर्णयअनुसार बाँकी ८० प्रतिशत रकम भुक्तानी गर्न कम्पनीले आग्रह गरेको छ।

Esewa
Crest

भुक्तानी गर्न बाँकी रकम कम्पनीको नाममा रहेको नेपाल बैंकको काठमाडौं त्रिपुरेश्वरस्थित सैनिक शाखामा रहेको खाता नम्बर २१५००१०६५२३४६९०००००१ मा जम्मा गरी सक्कल भौचर कम्पनीको रजिस्टर्ड कार्यालयमा बुझाउन सूचनामा जनाइएको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीले रकम दाखिला नगरेको खण्डमा कम्पनीको स्थापनाको बेला बुझाएको २० प्रतिशत रकमबराबरको शेयरमात्र प्राप्त गर्ने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS