IME Life New

छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद भोलिबाट बिक्रीमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद शेयर भोलि साउन १४ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री खुला गरिने भएको छ।

कम्पनीले गत जेठ २३ गतेबाट असार २७ गतेसम्म हकप्रद शेयर जारी गरेको थियो । जसमा बिक्री हुन बाँकी रहेको कुल २ लाख ९८ हजार ८३२ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो शेयरमा साउन २१ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ।

Esewa
Crest

बिक्रीमा राखिने शेयरमा इच्छुका जोहीकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि बोलपत्र धितोपत्र काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS