IME Life New

रमेश कर्पकोे ‘सधैँ सँगै, हरेक पलमा’ भावनासहित छैटौँ संस्थापक दिवस सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रमेश कर्पले काठमाडौंको गोदावरी भिलेज रिसोर्टमा रंगीन र उत्साहपूर्ण कार्यक्रमको आयोजना गर्दै आफ्नो छैटौँ संस्थापक दिवस मनाएको छ। ‘सधैँ सँगै, हरेक पलमा’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमले कर्मचारी र व्यवस्थापनबीच एकता, कृतज्ञता र साझा लक्ष्यको अनुभूति सिर्जना गराएको थियो।

कार्यक्रमलाई जीवन्त र यादगार बनाउनलाई कार्यक्रम अवधिभर खेलकुद, सांगीतिक प्रस्तुति, मनोरञ्जन र स्वादिष्ट परिकारका स्टलहरु राखिएको थियो। यो कार्यक्रमले रमेश कर्प परिवारका सदस्यहरुबीच सहकार्य र सम्बन्ध बलियो बनाउने अवसर प्रदान गरेको छ।

Esewa
Crest

संस्थापकको योगदान र मूल्यहरुको सम्मान

रमेश कर्पमा संस्थापक दिवस वार्षिक रुपमा चैत ६ मा मनाइन्छ। जसले स्वर्गीय अध्यक्ष इमेरिटस रमेश गुप्ताको जन्मजयन्तीको सम्झना गर्दछ। संस्थापकको दूरदर्शी नेतृत्व र मूल्य—इमानदारी, अग्रणी सोच, गतिशीलता, वास्तविकता र व्यावसायिकताले कम्पनीको आधार तयार पारेको थियो। यस दिनले ती मूल्यहरुलाई पुनः पुष्टि गर्दै संस्थापकको योगदानको सम्मानगरेको छ।

कर्मचारी र योगदानको सम्मान

संस्थापक दिवसको मुख्य आकर्षण रहेको पुरस्कार समारोहमा कर्मचारीको समर्पण, नेतृत्व र योगदानको सम्मान गरिएको थियो। यस अवसरमा प्रदान गरिएका पुरस्कारमा फाउन्डर लोयल्टी अवार्ड, रमेश गुप्ता भिजनरी लिडरसिप अवार्ड, रमेश गुप्ता राइजिङ लिडर अवार्ड, फाउन्डर्स स्टार प्रफर्मर अवार्ड, राइजिङ स्टार अवार्ड र एकस्लिेन्स इन लिडरसिप अवार्ड समावेश थिए। यी सम्मानले कम्पनीका मूल्य र संगठनमा योगदान दिने व्यक्तिहरुको योगदानलाई उजागर गर्छ।

भविष्यतर्फ अग्रसर

रमेश कर्पले ६ वर्षको सफल यात्रा पूरा गर्दै नवप्रवर्तन, सुदृढ साझेदारी र व्यक्तिगत विकास तथा नेतृत्व सशक्तीकरणमा निरन्तर लागिरहेको छ। संस्थापकको दृष्टिले मार्गनिर्देशन र कर्मचारीहरुको समर्पणले ऊर्जा प्राप्त गरी रमेश कर्प नयाँ उपलब्धि र अवसरको खोजीमा सँगै अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS