IME Life New

पियोर इनर्जीको शेयर कारोबार खुल्यो, पहिलो किनबेच कतिमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पियोर इनर्जीको शेयर कारोबार आज मंगलबारबाट दोस्रो बजारमा खुलेको छ।

पियोर इनर्जीको आइपीओ हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने गर्छ।

Esewa
Crest

नेप्सेले पियोर इनर्जीलाई ‘पीयूआरई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९६.४५ रुपैयाँ र अधिकतम २८९.३५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो।

आज स्पेसल प्रि–सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएपछि नियमित सत्रका लागि कारोबारमा आएको हो। आज यो कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८९.३० रुपैयाँमा भएको छ।

नेप्सेमा पियोर इनर्जीको १०० रुपैयाँ अंकित दरका कुल ८० लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ६४ लाख कित्ता (८० प्रतिशत) र सर्वसाधारणको १६ लाख कित्ता (२० प्रतिशत) रहेको छ।

पियोर इनर्जीले गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। आइपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा वैशाख ११ गते गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS