काठमाडौं । सरकारले भोलि चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। भोलि रामनवमी परेको छ। भोलि सरकारी कार्यालय, बैंक, बीमा कम्पनी तथा शेयर बजार बन्द रहनेछन् ।
भोलि सार्वजनिक बिदा
