IME Life New

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफामा आकर्षक बृद्धि, अधिकांश सूचक बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८१ /८२ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ ।

५२ करोड ५० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा ५० लाख ९० हजार रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ५ लाख ९ हजार रुपैयाँ रहेको छ । रिडेन्ड अर्निङमा ४३ लाख १२ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ८१ हजार रुपैयाँ रहेको छ ।

Crest

यस अवधिमा कम्पनीले ९ करोड ९६ लाख ५७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ करोड ८६ लाख ८८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुद बीमाशुल्क ४३३ प्रतिशतले बढी हो । यस अवधिसम्ममा कम्पनीले पुनर्बीमा मार्फत ७ करोड १ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ करोड ५३ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिसम्ममा कम्पनीले २ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३३ लाख १३ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ७९० प्रतिशत बढी हो ।

समीक्षा अवधिमा कम्पनीले ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २२ लाख ९९ हजार नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३९ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS