काठमाडौं । चल्तीका डिजिटल भुक्तानी एप्स (डिजिटल वालेट) को प्रतिनिधिको आवरण वा बहुमूल्य उपहार तथा ठूलो धनराशी नगद पुरस्कार दिने प्रलोभन देखाएर ठगी गर्ने धन्दा नेपालमा पनि द्रूत गतीमा फैलिन थालेको छ। प्रायः ठगी धन्दामा संलग्नहरूले भुक्तानी सेवा प्रदायकको प्रतिनिधिको आवरणमा सर्वसाधारणलाई झुक्याएर वालेटका माध्यमबाट पैसा चोरी र ठग गर्ने काम गर्दै आएको पाइएको छ।
यी मध्ये केही धोखाधडी एपहरूले भुक्तानी सूचनाको नक्कल गरेर भ्रमलाई अझै विश्वासिलो बढाउँछन्, जस्तै बीप वा घण्टी, जसले भुक्तानी प्राप्त भएको झूटो सुचना दिन्छ। साथै,सफल लेनदेन कारोबार देखाउन विश्वस्त भुक्तानी सम्बन्धि जानकारी उत्पादन गर्छन्, जुन आम मानिसले सजिलै छुट्याउन चुनौतीपूर्ण हुन्छ।
ठगीनबाट कसरी सुरक्षित रहने
ठगी गर्नेहरूले निर्दोष पीडितहरूलाई उनीहरूले लेनदेन पूरा गरेको कुरा विश्वस्त पार्न भुक्तानी एपहरूको नाम, रंग, लोगो प्रयोग गर्छन्। डिजिटल ठगीबाट अनविज्ञ सर्वसाधारण सहजै यस्तो ठगीको जालोमा पर्छन् । जसले पीडितलाई ठगिए पछि मात्र कारोबार झूठो भएको महशुस हुन्छ।
डिजिटल कारोबारमा जोगिनका लागि अपनाउनुपर्ने उपायः
-कारोबार नियमित जाँच गर्नुहोस्: सधैं आफ्नो भुक्तानी एप वा डिजिटल वालेट वा बैंक खाता मार्फत हुने कारोबारको हिसाब यकीन प्रमाणित गर्नुहोस्। स्क्रिनसट वा सूचनाहरूमा मात्र भर नपर्नुहोस्।
-असामान्य वा शंकास्पद सूचना: लेनदेन कारोबार सम्बन्धित विवरणहरूमा कुनै असामान्य वा शंकास्पद लाग्ने केही विवरण उल्लेख गरिएको छ छैन भन्ने होश गर्नुहोस् । ठगी गर्नेहरूले हुबहु सूचना वा जानकारीको प्रयास गरेपनि केही न केही अमिल्दो हुन्छ। यसरी सावधानी अपनाउँदा तपाईलाई ठगीको बारेमा सचेत गराउन सक्छ।
-दबाब युक्तिहरू: तपाई पर्याप्त समय नै नदिई छिटो छिटो वा तुरून्तै कुनै भुक्तानी गरि हाल्न वा कुनै जानकारी वा ओटिपि(पटके पासवर्ड) उपलब्ध गराउन दबाब दिनेहरूबाट सावधान रहनुहोस्।
व्यापारीहरूले अपनाउनुपर्ने अतिरिक्त सावधानीहरूः
व्यापारीले डिजिटल भुक्तानीमा ठगीको कारण मालसामान वा सेवा सित्तैमा वा घाटामा बिक्री गर्नुपर्ने अवस्था हुनसक्छ। व्यापारीहरूको लागि केही सुझावहरू छन् जसले डिजिटल कारोबारमा हुने ठगी रोक्न मद्दत गर्नेछ।
-आफ्नो कर्मचारीहरूलाई शिक्षित गर्नुहोस्: सुनिश्चित गर्नुहोस् कि सबै कर्मचारीहरू यस्तो ठगीबारे सचेत छन् र ठगी कारोबार कसरी पत्ता लगाउने भनेर जान्दछन्।
-प्रमाणीकरण प्रकृयाहरू लागू गर्नुहोस्: सामान वा सेवाहरू प्रदान गर्नु अघि भुक्तानी प्रमाणीकरणको लागि एक मानक प्रकृया विकास गर्नुहोस्। यसमा तपाईको भुक्तानी वालेटको स्मार्ट स्पिकरबाट भुक्तानी प्रमाणीकरणको लागि पर्खनुहोस् । नक्कली एपहरूले यस्तो स्पिकरमा सन्देश दिन सक्दैनन् ।
-शंकास्पद गतिविधिको रिपोर्ट गर्नुहोस्: यदि तपाईले कुनै शंकास्पद नक्कली भुक्तानी एप भेट्नुभयो भने, तुरुन्तै सम्बन्धित अधिकारीहरू र तपाईको भुक्तानी सेवा प्रदायकलाई जानकारी गराउनुहोस्।
यदि तपाईलाइ कसैले डिजिटल भुक्तानी कारोबारमा ठगीको प्रयास गरि रहेको छ वा ठगेको छ भने तुरुन्तै भुक्तानी सेवा प्रदायकको एप्समार्फत वा ग्राहक सेवा नम्बरमा एसएमएस, फोन वा आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलहरूमार्फत जानकारी गराउनुहोस् । यसबाहेक तपाईले नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान ब्यूरोमा पनि उजुरी गर्न सक्नुहुन्छ वा https://cyberbureau.nepalpolice.gov.np/report-cyber-crime/ मा अनलाइन उजुरी दर्ता गर्न सक्नुहुन्छ ।

















