काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्नो २९औं वार्षिक साधारणसभा आज साउन २३ गते गर्दैछ । सभा काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे गर्ने छ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साउन २ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

















