IME Life New

प्रभु बैंकका संचालक तथा कर्मचारीद्वारा स्वेच्छिक रुपमा संकलित ४० लाख ८० हजार बाढी प्रभावितका लागि प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० पचास प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेकोे छ ।

विपद्को यस कठिन घडिमा प्रभावित नागरिकको राहत उद्धार तथा  पुनःस्थापनमा सहयोग पुर्याउने उद्देश्यले बैंकका संचालक तथा कर्मचारीहरुको तर्फबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माननिय अर्थमन्त्रीलाई अर्थ मन्त्रालयमा चेक हस्तान्तरण गरे ।

Esewa
Crest

यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग जिल्ला प्रशासन कार्यालय,नुवाकोटमार्फत प्रभावित परिवारलाई उपलब्ध गराइएको थियो ।

त्यसैगरी प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेक समेत हस्तान्तरण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS