यो कथा हो, दोलखा सिंगटीका प्रबल शिवाकोटीको। काठमाडौंबाट उच्च शिक्षा सकेपछि प्रबल जिल्ला फर्किए, आफ्नै ठाउँमा केही गरौँ भन्ने सोच बोकेर। जिल्ला फर्किएपछि सदरमुकाम चरिकोटमा हार्डवेयर पसल खोले र त्यहीँ बसोबास थाले।
उनको उत्साह र लगनशीलता निकै लोभलाग्दो थियो। यसै कारण व्यापार–व्यवसाय राम्रै हुँदै गयो। प्रवल जिल्लामा राम्रै व्यवसायी बने। उनको पहुँच र स्थान पनि बलियो बन्दै गयो।
व्यवसायकै क्रममा भेट भएका साथीमार्फत जीवन बीमा गरे। १ करोड बीमांक रकमको बीमा गरेका उनको प्रत्येक ४–४ वर्षमा रकम फिर्तासमेत पाइने सुविधा थियो। उनको व्यवसाय निकै राम्रोसँग चहिरहेको थियो।
तर, कहिलेकाहीँ सानो–सानो रकमको पनि ठूलो महत्व हुँदो रहेछ। त्यस्तै भयो, प्रबललाई पनि। व्यवसायमा लगानी थप गर्दै लग्नुपर्यो। उनले बैंकबाट थप रकम ऋण लिए। तर, बैंकबाट लिएको रकम पनि अपुग भएर निकै तनावमा थिए, उनी।
यही तनावका बीच प्रबलले साथीभाइ र आफन्तसँग सरसापटीका लागि आग्रह गरेका थिए। आर्थिक मन्दीको बेला थियो। सबैले आ–आफ्नै व्यवहारिक समस्या देखाएर पन्छिए।
कतैबाट पनि रकमको जोहो हुन सकिरहेको थिएन। बेलुका सुत्ने बेलामा पैसा जोहो कसरी गर्ने होला सच्दै थिए, उनी। ल्यापटप खोले अनि ई–मेलहरु हेर्न थाले। यसै क्रममा एउटा ई–मेलमा गएर उनी टक्क अडिए। ई–मेल आएको थियो, जीवन बीमा कम्पनीबाट।
ई–मेलमा भनिएको थियो– ‘पहिलो ४ वर्ष व्यतित भएकोले कम्पनीबाट प्राप्त हुने पहिलो किस्ता रकम फिर्ता लिन नजिकको शाखा कार्यालयमा आवश्यक कागजातसहित सम्पर्क गर्नुहोला।’ उनलाई आपतको बेला भगवानले आर्शीवाद प्राप्त गरेजस्तो भयो। त्यो रात ढुक्क भएर सुते, उनी।
बिहान हतार–हतार घरबाट जीवन बीमा कम्पनीतिर लागे र पहिलो किस्ता दाबी गर्न पुगे। कम्पनीले आवश्यक कागजात भेरिफाइ गर्यो।
त्यसपछि उनको खातामा पहिलो किस्ताबापतको रकम फिर्ता गरिदियो।
यति छिट्टै आफ्नै अगाडि रकम ट्रान्सफर भएर आउँदा उनले विश्वास नै गर्न सकेनन्, त्यो पनि आफूलाई आवश्यक परेको जति नै। अनि चेक गरे मोबाइल बैंकिङ। उनको बैंक अकाउन्टमा आइसकेको थियो, बीमाबापतको पहिलो किस्ता रकम।
प्रबलमा खुसीको सीमा रहेन। सुरक्षित र सुनिश्चित हुँदै आफ्नो पसलमा फर्किए। अनि जीवन बीमाबाट आएको रकमले व्यवसाय विस्तार गरे।त्यसपछि उनी आफ्नो लक्ष्य र योजनाअनुसारको काम गर्न सफल भए।
त्यसैले त प्रबल आज भन्ने गर्दछन्– ‘जीवन बीमा गर्नु भनेको साथीभाइ र आफन्त कमाउनुभन्दा ठूलो रहेछ।’
उनी भन्दै थिए– ‘आज मैले मेरो सोचअनुसार अगाडि बढ्न अप्ठ्यारो परेको बेला साथ दिने साथीभाइ र आफन्त नै जीवन बीमा कम्पनी रहेछ। र, तपाइँ हामीले पनि बेलैमा जीवन बीमा गरेर जीवन बीमालाई नै आपतको साथीभाइ किन नबनाउने ?’
(यो कथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको युट्युबाट लिइएको हो।)












