IME Life New

पेट्रोलको मूल्य २ रूपैयाँले बढ्यो, प्रति लिटरको भाउ कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले पाक्षिक मूल्य समायोजन अन्तर्गत पेट्रोल, डिजल र मट्टीतेलको मूल्य वृद्धि गरेकोछ।

निगमका अनुसार शनिबार मध्यरातपछि देखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो ।

Crest

निगमका अनुसार हवाइ इन्धनको मूल्य, आन्तरिकतर्फ प्रति लिटर ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ ।

निगमले जारी गरेको विज्ञप्ती अनुसार काठमाडौं, पोखरा र दिपायलका उपभोक्ताले पेट्रोलका लागि प्रतिलिटर १ सय ५९ रुपैयाँ तिर्नुपर्नेछ । सुर्खेत र दाङमा उपभोक्ताले पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ तिरे पुग्नेछ।

चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने पेट्रोलको मूल्य १ सय ५६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।

काठमाडौंमा डिजेल र मट्टितेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १ सय ४३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने डिजेल र मट्टितेलको मूल्य १ सय ४२ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने डिजेल र मट्टितेलको मूल्य १ सय ४० रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS