IME Life New

पिपुल्स पावरले असार २२ बाट हकप्रद जारी गर्ने, कहिलेसम्म कायम शेयरधनीले भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स पावरले यही असार २२ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी ६३ करोड २६ लाख रुपैयाँको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशतले हुन आउने ३१ करोड ६३ लाख रुपैयाँबराबरको हकप्रद शेयर बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ।

Esewa
Crest

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’मार्फत पनि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकका शाखा इलाम, जावलाखेल, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट आवेदन दिन सक्नेछन्।

पिपुल्स पावरको हकप्रदमा साउन ११ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। यो हकप्रद जारी गर्न कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार १ गतेसम्म कायम शेयरधनीले यसमा आवेदन दिन सक्नेछन्।
हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS