IME Life New

विपदमा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि छुट्याइयो २ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपदबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ।

प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरिएको हो। करिब ३३ वर्षको इतिहास बोकेको प्याब्सनले विपद्को समयमा राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले १२ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।

Esewa
Crest

अधिकारीले सदस्य विद्यालयहरूले नियमित सञ्चालन खर्च, शिक्षक–कर्मचारीको दायित्व तथा राज्यलाई बुझाउनुपर्ने कर व्यवस्थापन गर्दै उत्साहपूर्वक सहयोग गरेको बताए। अपेक्षा गरिएभन्दा बढी रकम संकलन भएको भन्दै उनले सहयोगको विवरणलाई पारदर्शी बनाइएको जानकारी दिए।

संकलित सहयोगको विवरण सम्बन्धित जिल्लाबाट प्रदेश र केन्द्रमा पठाइएको तथा त्यसको समग्र विवरण सरकारलाई समेत उपलब्ध गराइने प्याब्सनले जनाएको छ। सहयोग गर्ने प्रत्येक विद्यालय तथा संस्थालाई सरकारसँगको सहकार्यमा योगदानको कदरस्वरूप प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिने अध्यक्ष अधिकारीले बताए।

प्याब्सनका महासचिव आरबी कटुवालले विपद्बाट प्रभावित आफ्ना सदस्य विद्यालयको पुनर्स्थापना र पुनर्निर्माणलाई पनि प्राथमिकतामा राखिएको बताए।

उनका अनुसार रसुवा र नुवाकोटमा रहेका प्याब्सनका पाँच सदस्य विद्यालय बाढीबाट गम्भीर रूपमा प्रभावित भएकाले ती विद्यालयको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ।

भदौ महिनाको ३१ गते राति १२ सम्म संकलन हुने थप सहयोग रकममध्ये उक्त २ करोड रुपैयाँबाहेक बाँकी सम्पूर्ण रकमसमेत नेपाल सरकारको विपद् राहत कोषमा हस्तान्तरण गरिने कटुवालले जानकारी दिए।

प्याब्सनले निजी विद्यालयहरू शिक्षा प्रदान गर्ने संस्थामात्र नभई विपद्का बेला राष्ट्रसँगै उभिने जिम्मेवार साझेदार भएको जनाएको छ। देशभरका निजी विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीको सहयोग राष्ट्रप्रतिको माया, एकता र सामाजिक उत्तरदायित्वको प्रतीक भएको अध्यक्ष अधिकारीको भनाइ छ।

प्याब्सनले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, आगामी दिनमा पनि सरकार र नेपाली जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS