IME Life New

ओरिएन्टल इन्स्योरेन्सको नाफा ८ करोड २९ लाख, यस्ता छन् अन्य वित्तीय सूचक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथोे त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको समीक्षा अवधिसम्ममा रिटेन्ड अर्निङमा ७ करोड २५ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ८० करोड ८३ लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा ६ करोड ६८ लाख रुपैयाँ रहेको छ । स्पेसल रिर्जभमा १ अर्ब ६९ करोड रहेको छ ।

Crest

समीक्षा वर्षमा कम्पनीले २ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।

यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब १३ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ५३ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले समीक्षा वर्षमा १ अर्ब ३१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको हो ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले ८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ६१ लाख नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ८६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS