काठमाडौं । दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नं २ घर भई हाल का.म.न.पा.१६ कपुरधारा बसोबास गर्दै आएका बुबा धन बहादुर श्रेष्ठ र आमा अन्जु मगर श्रेष्ठले आफ्नो छोराको जन्मदिनमा बमिा पोलिसी उपहार दिएका छन् । उनीहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स हात्तीगौडा शाखाबाट छोरा अभिनवको सुनौलौ भविष्यको कामना सहित रिलायबल सर्व सुलभ बाल जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
उक्त बीमालेख रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको हात्तीगौडा शाखाका शाखा प्रबन्धक विष्णु काप्रीले घरमा नै गएर अन्य पारिवारिक सदस्यहरूको उपस्थितिमा अभिनवलाई हस्तान्तरण गरेका थिए ।

















