काठमाडौं । नेप्से परिसूचक आइतबार २५०३.८५ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १६.६७ अंकले बढेको छ।
बजारमा २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट २६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ। जसमा १४ करोड ६६ लाख रुपैयाँको खरिद र १२ करोड ३० लाख रुपैयाँको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ५५ बाट २२ करोड १ लाख रुपैयाँको खरिद भएको छ भने ३ करोड ३ लाख रुपैयाँको बिक्री भएको छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये सबैबाट खरिद धेरै भएको छ। अब शेयर बजार तिहारको बिदा सकिएपछि खुल्नेछ।


















