काठमाडौं । एसियामा बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुगेको छ। जुन लगभग ९ प्रतिशतले बढेको छ।
ब्रेन्ट कच्चा तेल विश्वमा तेलको मूल्यका लागि सबैभन्दा धेरै प्रयोग हुने बेन्चमार्कहरुमध्ये एक हो। अमेरिका र बेलायतलगायत धेरै देशले आपतकालीन भण्डारबाट रेकर्ड तेल निकासीको घोषणा गरेका छन्। तर मूल्य घट्न सकेको छैन।
यसैबीच इरानले हर्मुज स्ट्रेटमा पारवहन गर्ने जहाजहरुविरुद्ध आफ्नो धम्की जारी राखेको छ। विश्वको लगभग २० प्रतिशत तेलको आवागमनका लागि यो समुद्रीमार्ग महत्वपूर्ण मानिन्छ। –एजेन्सी












