काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुइ रुपैयाँ मूल्य बढेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको छ ।
नयाँ मूल्य अनुसार, काठमाडाैं उपत्यका भक्तपुर जिल्ला बाहेकमा पेट्रोल प्रतिलिटर रू १६१ मा कारोबार हुनेछ। यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर रू १४९ मा उपलब्ध हुनेछ। भक्तपुरको इन्धन डिप्पोबाट तेल भर्ने उपभोक्ताले प्रतिलिटर थप ०.२५ पैसा महँगो पर्नेछ।
समायोजित नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

















