काठमाडौं । सम्पत्ति छानबिन आयोगका पदाधिकारी तथा कर्मचारीहरूले भोटेकोशीका बाढीपीडितलाई आर्थिक सहयोग हस्तन्तरण गरेका छन्।
आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीसहित सदस्यहरू पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्सालले आफ्नो १० दिनको तलब बराबरको रकम बाढीपीडित परिवारका लागि प्रदान गरेका हुन्।
यसैगरी, आयोगका अन्य कर्मचारीहरूले पनि व्यक्तिगत तर्फबाट थप ५० हजार रुपैयाँ राहत कोषमा सहयोग गरेको आयोगका प्रवक्ता एवं सदस्य गणेश केसीले जानकारी दिएका छन्।












