IME Life New

विश्वकै मूल्यवान कम्पनी बन्यो एनभिडिया, शीर्ष १० धनाढ्यको सूचीमा इन्ट्री गर्ने तरखरमा सीईओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दिग्गज टेक कम्पनी माइक्रोसफ्टलाई पछि पार्दै चिप बनाउने कम्पनी एनभिडिया विश्वकै मूल्यवान कम्पनी बनेको छ।

एनभिडियाले शेयरभाउमा वृद्धिका कारणले यो रेकर्ड बनेको हो। शेयरभाउमा भएको वृद्धिले एनभिडियाको बजार पुँजीकरण ३.७६ ट्रिलियन डलर पुगेको छ। माइक्रोसफ्ट ३.६५ ट्रिलियन डलर बजार पुँजीकरणका साथ दोस्रो स्थानमा रहेको छ।

Esewa
Crest

तेस्रो स्थानमा आइफोन निर्माता कम्पनी एप्पल रहेको छ। एप्पलको बजार पुँजीकरण ३.०१ ट्रिलियन डलर रहेको छ।

एनभिडियाका सहसंस्थापक तथा सीईओ जेन्सेन हुआङमाथि पैसाको वर्षा भएको छ। उनले २४ घन्टामा ५.५४ अर्ब डलर कमाएका छन्। यो कमाइसँगै उनी विश्वका धनाढ्यहरुको विशेष एलिट क्लब (शीर्ष १०)मा सामेल हुने सीमामा पुगेका छन्।

जेन्सेनको कुल सम्पत्ति बढ्नुको कारण कम्पनीको शेयरभाउमा भएको वृद्धि नै हो। एनभिडियाको शेयरभाउमा बुधबार उछाल आएको थियो।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार पछिल्लो २४ घन्टामा ५.५४ अर्ब डलरको आम्दानीसँगै जेन्सेनको कुल सम्पत्ति १३५ अर्ब डलर पुगेको छ। यो सम्पत्तिसँगै उनी विश्वका धनाढ्यहरुको सूचीमा ११ औँ स्थानमा पुगेका छन्। उनी एलिट क्लबमा सामेल हुनबाट केवल एक कदम टाढा छन्।

सर्गेई ब्रिन १० औँ नम्बरमा छन्। उनको कुल सम्पत्ति १४६ अर्ब डलर रहेको छ।

बुधबार कारोबारको सुरुआतमा एनभिडियाको शेयरभाउ २.६ प्रतिशतभन्दा बढीले बढ्यो। यसले जनवरीमा बनाएको १४९.४३ डलरको अघिल्लो रेकर्डलाई पनि पार गर्यो। यो १४९.२८ डलरमा खुल्यो र १५४.३१ डलरको नयाँ स्तरमा बन्द भएको छ। यो कम्पनीको शेयरभाउ ४ प्रतिशतभन्दा बढीले बढेको छ।

एनभिडियाको शेयरभाउ बढ्नुको प्रमुख कारण माइक्रोन (एमयू) को त्रैमासिक आम्दानी रिपोर्ट हो। माइक्रोनले उच्च–ब्यान्डविथ मेमोरी (एचबीएम) चिप बनाउँछ। यी चिप एनभिडियाको एआई एक्सेलेरेटरमा प्रयोग गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS