IME Life New

भारतमा १८%ले बढ्यो टर्म इन्स्योरेन्स लिने महिलाको संख्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा बीमाप्रति महिलाको आकर्षण बढ्दै गएको पाइएको छ।

पोलिसीबजारले सार्वजनिक गरेको तथ्यांकअनुसार वर्ष २०२३ को तुलनामा वर्ष २०२४ मा टर्म इन्स्योरेन्स लिने महिलाको संख्या भारतमा १८ प्रतिशतले बढेको छ। टर्म इन्स्योरेन्स लिने महिलामा ४९ प्रतिशत जागिरे, ३९ प्रतिशत गृहिणी र १२ प्रतिशत स्वरोजगार महिला छन्।

Esewa
Crest

भारतमा टर्म इन्स्योरेन्स गर्ने ४८ प्रतिशत महिला ३१ वर्षदेखि ४० वर्ष उमेरका छन्। त्यस्तै १ करोड रुपैयाँभन्दा बढीको टर्म इन्स्योरेन्स गर्ने महिला ४४ प्रतिशत छन्।

करिब ९० प्रतिशत महिला मासिक बीमाशुल्क भुक्तानी गर्न रुचि राख्ने गरेको पोलिसीबजारको प्रतिवेदनमा उल्लेख छ।

त्यसो त भारतमा स्वास्थ्य बीमामा आबद्ध हुने महिलाको संख्या पनि २२ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS