IME Life New

कर्मचारी ३०० बढीले थपिँदा बीमकको कार्यालय संख्या भने घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुमा कर्मचारीको संख्या थपिए पनि कार्यालय संख्या घटेको छ।

नेपाल बीमा प्राधिकरणको प्रकाशन गरेको बीमा प्रतिविम्बअनुसार बीमा कम्पनीहरुमा पछिल्लो एक वर्षमा ५१६ जनाले कर्मचारीको संख्या बढेको हो। २०८१ मा भदौमा बीमा कम्पनीहरुमा कर्मचारी संख्या ११ हजार ८०२ रहेकोमा २०८२ भदौमा बढेर १२ हजार ३१८ पुगेको हो। पछिल्लो एक वर्षमा कर्मचारी संख्या ४.३७ प्रतिशतले बढेको छ।

Crest

पछिल्लो एक वर्षको अवधिमा जीवन बीमकमा कर्मचारी संख्या ३.६४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमकमा ५.०९ प्रतिशतले बढेको छ। जीवन बीमकमा २०८१ भदौमा कर्मचारी संख्या ५ हजार ८५२ रहेकोमा २०८२ भदौमा बढेर ६ हजार ६५ पुगेको छ। निर्जीवन बीमकमा २०८१ भदौमा कर्मचारी संख्या ५ हजार ९५० रहेकोमा २०८२ भदौमा बढेर ६ हजार २५३ पुगेको छ।

यसैगरी २०८१ भदौमा जीवन बीमकको कार्यालय संख्या १ हजार ८३७ रहेकोमा २०८२ भदौमा घटेर १ हजार ८३४ रहेको छ। यो संख्या ०.१६ प्रतिशतले घटेको छ।

निर्जीवन बीमकको कार्यालय संख्या भने २०८१ भदौमा १ हजार १५९ रहेकोमा २०८२ भदौमा १ हजर १५५ मा झरेको छ। यो संख्या ०.३५ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS