IME Life New

बायोमेट्रिकका लागि अब सञ्चय कोषको कार्यालय धाउनै नपर्ने, अनलाइनबाटै केवाइसी पुष्टी हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषमा योगदान दिइरहेका सञ्चयकर्ताले ग्राहक पहिचान (केवाइसी) अद्यावधिक गर्न बायो मेट्रिक अर्थात् औंठा छाप दिनु नपर्ने भएको छ।

कोषले सार्वजनिक सूचना प्रकाशन गर्दै आफू कार्यरत कार्यालयले अनलाइन केवाइसी सिफारिश गर्ने व्यवस्था लागू गरिएकाले अब देखि कोषको कार्यालयमा धाउनु नपर्ने जानकारी गराएको हो।

Esewa
Crest

कोषका अनुसार, सञ्चयकर्ताले कोषको अनलाइन पोर्टलमा व्यक्तिगत केवाइसी भरेर आफ्नो कार्यालयबाट अनलाइन सिफारिश गरेपछि कोषको प्रणालीमा केवाइसी विवरण देखिने व्यवस्था मिलाइएको छ। अर्थात् अब उपरान्त कर्मचारीले भरेको केवाइसी विवरण यकीन गर्ने काम रोजगारदाता संस्थालाइ दिइएको छ।

अब उपरान्त सम्बन्धित रोजगारदाता संस्थाले ने केवाइसीको विवरण पुष्टी गर्ने भएकाले केवाइसी विवरण भरिसकेपछि रूजु गराउनका लागि पुनः कर्मचारी सञ्चय कोषको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS