IME Life New

एनएमबि क्यापिटलको लगानीकर्ता चेतना र अन्तर्क्रिया कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा लगानीकर्ता चेतना र अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत मंसिर २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटमा अवस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीहरुलार्ई लगानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

सोही दिन टङ्गाल, काठमाडौँमा अवस्थित श्री टङ्गाल उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरुलार्ई पनि लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यकममा विशेषतः विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Crest

कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपीका प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक बिकेश बाडेले संयुक्त रुपमा नुवाकोटको कार्यक्रम सञ्चालन गरेका थिए भने स्कीम सहायकहरु– लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्काले संयुक्त रुपमा टङ्गालको कार्यक्रम सञ्चालन गरेका थिए ।

सहभागीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिहरुबारे जानकारी गराउँदै कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS