IME Life New

एनएमबि बैंकको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले आफ्नो ३० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले यही पुस २४ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि हालको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव र निर्देशन समेट्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले यही पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS