काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा अपि पावरको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३१६ रुपैयाँ १९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ३३२ रुपैयाँमाका आधारमा मूल्य समायोजन गरेको हो।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।











