काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको अध्यक्षबाट उदयकुमार निरौलाले राजीनामा दिएका छन्।
निरौलाले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन्। उनले व्यक्तिगत कारण देखाएर राजीनामा दिएको कम्पनी सचिव सनतोष केसीले जानकारी दिए।
निरौलाको राजीनामा सञ्चालक समितिले भदौ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिसकेको छ।












