IME Life New

सन नेपाल लाइफको नवौँ वार्षिकोत्सवः थप प्रभावकारी र गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्ष पूरा गरेर नवौँ वर्षमा प्रवेश गरेको छ।

कम्पनी २०७४ सालमा स्थापना भएको हो। यो नेपालमा जीवन बीमाको क्षेत्रमा सबैभन्दा छिटो प्रगति गर्ने कम्पनीमध्ये एक हो। कम्पनीले स्मार्ट, लचिलो र ग्राहक–केन्द्रित बीमा योजनाहरु प्रदान गरेर सुरक्षाको भविष्यलाई पुनः परिभाषित गर्दै आएको छ।

Esewa
Crest

देशभर हजारौँ पेसेवर इजाजतपत्र प्राप्त अभिकर्ताको बलियो नेटवर्कद्वारा समर्थित सन नेपाल लाइफ बीमालाई सरल, सशक्त र पहुँचयोग्य बनाउन प्रतिबद्ध छ।

हाल कम्पनीको अध्यक्ष अनुज कायल छन् भने प्रमुख कार्यकारी अधिकृतको भूमिकामा राजकुमार अर्याल छन्। गत आर्थिक वर्ष २०८२।८३ सम्म कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ९० करोड ३६ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८१।८२ को तुलनामा २७.७० प्रतिशतले बढी हो।

गत आर्थिक वर्षमा कम्पनीले ५ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेको थियो। कम्पनीको शेयर प्रिमियममा १ अर्ब ३० करोड १० लाख रुपैयाँ, महाविपत्ति कोषमा २४ करोड ८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३६ करोड ८४ लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ४६ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ४१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १४२.८८ रुपैयाँ रहेको छ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले आफ्ना ग्राहक, अभिकर्ता, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकप्रति निरन्तर विश्वास, सहयोग र सदभाव गरेकोमा कृतज्ञता प्रकट गरेको छ। यसका साथै आगामी दिनमा थप प्रभावकारी, गुणस्तरीय र उत्कृष्ट बीमा सेवा प्रदान गर्ने कम्पनीले प्रतिबद्धता व्यक्ति गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS